नेभिगेशन
सबै कुरा

पेरिस ओलम्पिक्समा मापदण्ड विपरित खेलाडीबाहेक अन्य व्यक्ति नपठाउन खेदकुदमन्त्रीको निर्देशन

काठमाडौँ । पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागीता र तयारीको विषयमा आज युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद र नेपाल ओलम्पिक कमिटिसँग जानकारी लिएका छन। 

पेरिस ओलम्पिक्समा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागीता र जिम्मेवारीको विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल भएको हो। 

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागीताको लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन। एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारी सहित राष्ट्रिय खेलकुद परिषद मार्फत मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन। साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरीमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई निर्देशन दिए। 

राखेप सदस्य सचिव टंकलाल घिसिङले सात मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा ,पौडीका डुवाना लामाले थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा तथा ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषदले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए। ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्यो। जसको कारण प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने संभावना उच्च रहेको छ। 

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए। 

साथै अब समर ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि ९० लाख बजेट विनियोजन भएको पनि बताए। सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।

पेरिस ओलम्पिक्समा यो पटक टेबल टेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा, एलेक्जेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउने छन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ...
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...