नेभिगेशन
सबै कुरा

पेरिस ओलम्पिक्समा मापदण्ड विपरित खेलाडीबाहेक अन्य व्यक्ति नपठाउन खेदकुदमन्त्रीको निर्देशन

काठमाडौँ । पेरिस ओलम्पिक्स २०२४ मा नेपालको सहभागीता र तयारीको विषयमा आज युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद र नेपाल ओलम्पिक कमिटिसँग जानकारी लिएका छन। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेरिस ओलम्पिक्समा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागीता र जिम्मेवारीको विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल भएको हो। 

Ncell
Extreme Energy

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागीताको लागि खेलाडी बाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्ड भित्र रहेर टोली पठाउन निर्देशन दिएका छन। एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको सङ्ख्या जिम्मेवारी सहित राष्ट्रिय खेलकुद परिषद मार्फत मन्त्रालययमा पेश गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन। साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरीमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई निर्देशन दिए। 

राखेप सदस्य सचिव टंकलाल घिसिङले सात मध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा ,पौडीका डुवाना लामाले थाइल्याण्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा तथा ब्याडमिन्टनका प्रीन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषदले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए। ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनको लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्यो। जसको कारण प्रिन्स दाहाल प्रशिक्षक बिना ओलम्पिक्स जाने संभावना उच्च रहेको छ। 

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए। सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए। 

साथै अब समर ओलम्पिक्स र पारा ओलम्पिक्सको लागि ९० लाख बजेट विनियोजन भएको पनि बताए। सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागीताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए।

पेरिस ओलम्पिक्समा यो पटक टेबल टेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा, एलेक्जेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउने छन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’ उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’ उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।