नेभिगेशन
सबै कुरा

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

कालीकाेट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का कटकबहादुर विष्टले बताए । “झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु”, उनले भने, “पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।”

Ncell
Extreme Energy

झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताए ।

झोलुङ्गे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका–९ लालुका किशोरकुमार रावलले बताए । पुल नहुँदा फलेकको साँघुबाट जोखिपूर्ण यात्रा गर्नुपरेको उनले बताए।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।