नेभिगेशन
सबै कुरा

औषधि उद्योगको अध्ययन गर्न स्वास्थ्य मन्त्रालयद्वारा समिति गठन

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ ।

Ncell
Extreme Energy

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार समितिले दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछ । समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।