नेभिगेशन
सबै कुरा

‘एनबीटिसीमा लगानी गर्दा हामी ठगियौँ’ (भिडियो)

काठमाडौँ । न्युरोड, इन्द्रचोक, विशाल बजार क्षेत्रका व्यवसायीहरूबाट रकम उठाएर कलंकीको खसीबजारमा बनाइएको नेसनल बिजनेस ट्रेड सेन्टर(एनबीटिसी) अहिले दयनिय अवस्थामा पुगेको छ । मिलाल्याण्ड डेभलपर्स प्रा.लि. ले आफूले गरेको सम्झौता पुरा नगर्दा ९२९ जना व्यवसायीहरु ठगिएका छन् । मिलाल्याण्ड डेभलपर्सले ति व्यवसायीहरुबाट ३ अर्ब बढी रकम उठाएको देखिन्छ । डेभलपर्सहरुले व्यवसायीहरूलाई हरेक व्यावसायिक सटर कम्तीमा २५ लाख देखि ४० लाख रुपैयाँसम्म बिक्री गर्ने र त्यसको लालपुर्जा दिने भन्दै सम्झौता गराएका थिए । अधिकांशले सम्झौता अनुसारको रकम तिरिसकेका छन् । तर केहीले बाहेक हालसम्म लालपुर्जा पाउन सकेका छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यता मिलाल्याण्ड डेभलपर्स कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यसहितको टोली अहिले प्रहरी हिरासतमा छन् । बज्राचार्यसहितको टोलीले सञ्चालन गर्ने भनेको अर्को योजना कलंकी ट्रेड सेनटरमा ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुका कारण एनबीटीसीमा लगानी गरेका न्यूरोडका व्यवसायीहरुले पनि आफू ठगीमा परेको भन्दै जाहेरी दर्ता गराएका छन् ।

न्यूरोडको साँघुरो गल्लीबाट फराकिलो र सुविधासम्पन्न कम्प्लेक्समा सर्ने सपना देखेका व्यवसायीहरु कसरी ठगिन पुगे ? एनबीटिसी ब्यापार संघका अध्यक्ष होमनाथ गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

न्यूरोडको जति पनि क्षेत्र छ त्यो साँघुरो भयो भनेर त्यतैका सबै साथीहरुको लगानी हो यो । हामीहरु उतै हुर्केर यता आएका हौँ । त्यो साँघुरो ठाउँ छोडेर नेपालमै नभएको एउटा राम्रो कम्प्लेक्समा जान पाइन्छ भनेर हामीले सपना देखेको हो । तर सपना देखेअनुसार भएन । 

२०६९÷७० सलतिरको कुरा हो यो बन्न थालेको । २०७४ सालमा यो हस्तान्तरण हुन्छ, तपाईँहरु सबैजना त्यहाँ जान पाउनुहुन्छ भनेर मिलाल्याण्ड डेभलपर्स प्रा.लि. सँग सम्झौता गरिएको थियो । तर त्यसअनुसार हुन नसक्नुमा केही जाहेज कारण पनि छन् केही नाजायज कारणहरु पनि छन् । 

यहाँ ९२९ ओटा पसल छन् । तर भनेको समयमा नपाउँदा ठगिएकै भन्नु पर्यो । ठगिनुपर्ने कारण के हो त्यसलाई हामी नियालेर जानुपर्छ । तर अर्कालाई औँलो उठाउन गार्हो पनि छ तर गल्ती भएको देखिन्छ । आवश्यक परेको अवस्थामा प्रमाणसहित पेश पनि गरिन्छ । सरर हेर्दा हामी ठगिएकै हो । म यस ब्यापार संघको अध्यक्ष भएको हैसियले पटक पटक हामीले घचघच्याईरहेका छौँ । हाम्रा साथीहरु हामीसँग जोडिनुभएको छ । हामी ६÷७ सय जना साथीहरु निरन्तर संवादमा छौँ । तर आफू ठगिएको निष्कर्षमा अहिले धेरै साथीहरु पुग्नुभएको छ । २/४ जना ठगिनुभएको छैन होला त्यो आफ्नो ठाउँमा छ । 

प्रकृति र मिसम्यानेजमेन्ट दुबैका कारण यस्तो भएको हो । ९० प्रतिशत साथीहरुले उत्तर या दक्षिणबाट सामान ल्याएर काम गर्ने हो । हाम्रो देशमा त केही पनि छैन । कोरोनाले गर्दा हामीलाई ठग्यो त्यो आफ्नो ठाउँमा छ, यो बिल्डिङको लालपुर्जा दिने सम्बन्धमा जुन हाम्रो चर्चा चलिरहेको छ त्यसमा ठगिनुको कारण डेभलपरको मिसम्यानेजमेण्ट र लापरवाही हो । 

उहाँहरुसँग के भयो किन यस्तो गरियो भन्ने प्रश्नको उत्तर छैन । उहाँहरुको आर्थिक कारोबारमा ब्यापार संघले हस्तक्षेप गर्न मिल्दैन । उहाँको अडिट रिपोर्ट हेर्न मिल्दैन । उहाँहरुको लगानी हामीले सोध्न मिल्दैन । यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । हामीले गर्ने भनेको अनुरोध मात्रै हो । उहाँहरुसँग हात जोड्ने मात्रै हो । तर हामी लगभग थाकीसकेका छौँ । 

उहाँहरुले पनि यसलाई सकारात्मक तरिकाले लिनुपर्ने हो । कमसेकम एनबीटीसी ब्यापार संघले हामीलाई घचघच्याईराख्या छ भनेर पोजेटिभ्ली लिनुपर्ने हो । लिनुभाछ होला जस्तो पनि मलाई लाग्छ तर राम्रो खेल उहाँहरुले खेलेको छु भनेपनि गोल भएको छैन । गोल नभएपछि खेल जति राम्रो भएपनि त्यसको केई अर्थ छैन । 

लोकेसन र साइजको आधारमा मूल्य निर्धारण भएको छ । हाराहारी हेर्दा एउटा सटरको लगभग २० देखि ४० लाख रुपैयाँको बिचमा छ । सुरुमा २ लाख रुपैयाँ बुकिङ थियो । १५ प्रतिशत एडभान्स थियो । त्यसपछि ८/८ प्रतिशतका दरले बुझाउनुपर्ने थियो । 

तीन सय ५० पसल खुल्या छ । भाडादर हामीले तोक्यौँ । १ सय ३० रुपैयाँ स्क्वाएर फिट देखि लिएर २ सय रुपैयाँ स्क्वाएर फिट सम्म मात्र लिन पाइने भनेर । लोकेसनको आधारमा भनेर तोकियो । ३३ हजार भाडा तोकिएकोमा ११ हजार दिए पाइने भनेर पारित गरियो । तर समय परिस्थितिले गर्दा अहिलेसम्म जम्मा ३ सय ५० ओटा पसल खुलेका छन् । ६५० खुल्न बाँकी छ । ७ सय बढी लालपुर्जा गर्न बाँकी छ । साथीहरुले लालपुर्जा पाएपछि बल्ल पसल खोल्न आउँछु भन्नुहुन्छ । साथै लालपुर्जाको वितरण नहुनाले यहाँ बसेका ब्यापारिहरु, यहाँ आउन चाहने ब्यापारीहरु र यहाँ भाडामा बसेका ब्यापारीहरु सबैलाई असर परेको छ । मनस्थिति अलिकति खस्किएको छ । 

उहाँहरुले अलिकति पैसा चाहीँ लगाउनुपर्ने ठाउँमा नलगाएर खन्तै लागाउनुभयो कि भन्ने शंका त गर्न सक्छु । प्रमाण ल्याउ भन्न त म गएको छैन । तर त्यस्तो भएको हो भन्ने मलाई शंका छ । 

उहाँहरुले हामीलाई कुनै प्रकारको समस्या छैन, तपाईँले भनेको बेलामा पाउनुहुन्च भन्नुभाकै हो । बीचमा भूकम्प र नाकावन्दी इत्यादी पनि बीचमा छोइएको हो । नबुझ्ने मान्छे हामी पनि होइनौँ । त्यसकारण अलिकति समय थप गर्नु एकदमै जाहेज हो । त्यसमा हामी उहाँहरुको समर्थन गछौँ । तर समर्थन गर्छौँ भन्दैमा अत्याचारमै हामीलाई पार्न नहुने हो । यसमा हाम्रो कडा बिरोध छ । 

अहिले हाम्रा पीडित साथीहरुको अवस्था निकै नाजुक छ । उता (न्यूरोड) तिर भाडामा बसेर काम गरिराखेको, बिभिन्न परिस्थितिले भाडा तिर्न नसकेको, एनबीटीसीमा भएको पसलको पैसा तिरिसकेको र थप सामान हाल्नको लागि यो लालपुर्जा पाएदेखि बैंकमा राखेर केही रकम पाएदेखि फेरि यताबाट सुरु गर्छु भन्नेहरुको संख्या धेरै छ । मैले व्यक्त गरेभन्दा उहाँहरुको समस्या धेरै जटिल छ । एनबीटीसी ब्यापार संघको अध्यक्ष भएको हैसियतले मैले के भन्न चाहेँ भने, पैसा तिरिसकेका मध्ये जसले पसल खोलेर बसेको उसलाई सबैभन्दा पहिला सुरु गर्नुस् । 

हाम्रो एनबीटीसी ब्यापार संघ ४ ओटा एजेण्डामा केन्द्रीत भएर काम गरिरहेको छ । हाम्रो २१ जनाको कार्यसमिति छ । बिल्डिङमै उपस्थित भएको मान्छे मात्र हाम्रो कार्यसमितिमा बस्नुहुन्छ । र ४ ओटा बुँदामा हामी हेर्ने गछौँ । जस्तै एक नम्बर बुँदामा ९ सय बढी पसलको लालपुर्जा वितरण हुनुपर्ने । एजेण्डा नम्बर २ मा ९ सय पसल नै सञ्चालनमा आउनुपर्ने । नम्बर ३ मा ९ सय पसलके भाडादर कम्पनीमार्फत या ब्यापार संघमार्फत या उपभोक्तामार्फत अहिले तय हुनुपर्ने । नम्बर ४ मा दैनिक कार्यमा कुनै प्रकारको झैझगडा पक्षपात तथा थिचोमिचो नहोस् भनेर ब्यापार संघले हेर्ने भन्ने यत्ति ४ कुरामा हामी आधारित छौँ । हाम्रो बिभिन्न पहलबाट, बिभिन्न झगडाबाट गरेर २ सय जति लालपुर्जा हाम्रा साथीहरुले पाइसक्नुभएको छ । ७ सय लालपुर्जा अझै बाँकी छ । र २ सय लालपुर्जा वितरण गरेको पनि २ वर्ष भईसक्यो । २ वर्षमा जम्मा २ सय पाइएको ५ भने अझै पाउन त हामीले अझै ६÷७ वर्ष कुर्नुपर्ने भयो । यो बिल्डङ बनाउँदा उठेको पैसा बाहेक बैंकबाट पनि लोन लिएर यो बिल्डिङ बनाएका हौँ भनेर सरहरुले भन्नुहुन्छ । यो कुरा जाहेज पनि हो । हामीले बैंकमा गएर सोधेका पनि थियौँ । यति यति रकम छ भनेर भनेर उहाँहरुले भन्नु पनि हुन्थ्यो ।

कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी


केटीसीकै समूहबाट नेशनल बिजनेस ट्रेड सेन्टरमा पनि ९ सय २९ जनाको ३ अर्ब ठगी




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...