नेभिगेशन
सबै कुरा

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण  कार्यक्रमअन्तर्गत चेपाङ समुदायको बसोबास रहेको कालिखोलामा पाँच सय चिउरीका बिरुवा रोपिएको बताए । उनले यस कार्यक्रमले चेपाङ समुदायको लागि आयअर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चिउरीको बिरुवा रोप्न समुदायका युवा सक्रियरुपमा सहभागी भएको उनले बताए । 

Ncell
Extreme Energy

इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले  कालिखोलामा चिउरीको सम्भावित क्षेत्र अध्ययन गरी चेपाङ समुदायको बसोबास रहेको ठाउँ पहिचान भएसँगै बिरुवा हस्तान्तरण गरिएको जानकारी दिए ।

यसअघि उक्त कार्यक्रमअन्तर्गत इच्छाकामना–१ ,२ र ६ का विभिन्न छ स्थानमा चिउरी र चमेरो संरक्षण गर्नुपर्ने विषयमा पैरवी, जनचेतना अभिवृद्धि गराउनेलगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको त्रिपाठीले बताए । उनका अनुसार यसपटक पनि चेपाङ समुदायबाट माग भएअनुसार बिरुवा वितरण गरिएको हो ।

वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पु¥याउने बताए । चेपाङ समुदायको आयआर्जन वृद्धिसम्बन्धी विभिन्न तालिम, सीप, कृषि औजार, बीउलगायत उपलब्ध गराउँदै आइएको उनले जानकारी दिए । 

सो अवसरमा गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, जनप्रतिनिधिलगायतले केही चिउरीका बोटहरू रोपेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।