नेभिगेशन
सबै कुरा

गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत रू एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“घाम पानीका बेला छाता ओडेर गन्तव्यमा जानका लागि र वर्षातका बेला नागरिक सुरक्षा भत्ता बुझन जाँदा सहजता होस् भनेर ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यस वर्षको बजेटबाट छाता खरिद गरेर दिएका छौँ”, वडाध्यक्ष अर्जुन साउदले भने, “अर्को वर्ष छडी, रेडियो टर्चलाइट दिने योजना छ, गएका वर्षहरूमा न्यानो कपडा, कम्बललगायत ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई उपलव्ध गराएका थियौं ।”

Ncell
Extreme Energy

ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा उनीहरुको अहंम भूमिका रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनुपर्ने बताए । 

 “पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई यसअघि ह्विल चेयर घरमै पुगेर प्रदान गरिएका छौँ”, उनले भने, “ह्विल चेयरको आवश्यकता भएका अरूलाई आउँदो बजेटमा व्यवस्था गरी दिन्छौँ ।” 

वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निकै सास्ती खेप्नु पर्दथ्यो ।

त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलव्ध गराउने, सोही ठाउमा परिचय पत्र नविकरण गर्ने कार्य संगै स्वास्थ्य विमा निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष साउदले बताए । 

यो कार्यसँगै भत्ता बुझन आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्क रूपमा औषधि उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदको भनाइ छ । दृष्टीविहीन करनसिंह साउदले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क रूपमा प्रदान गर्दै आएको सेवाबाट निकै खुसी रहेको बताए । 

 “स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि घरदैलोमै सेवा पाएका छौँ”, उनले भने, आत्मनिर्भर बनाउनका लागि आयमूलक तालिम पाइएको छ, न्यानो लुगा, कम्बल, छाता लगायतका सामान प्रत्येक वर्ष पाएका छौँ, स्थानीय जनप्रतिनिधि प्रति आफनत्व बढेको छ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।