नेभिगेशन
सबै कुरा

काभ्रेमा यातायात व्यवस्था कार्यालय स्थापना

काभ्रे । काभ्रेकाे बनेपा वडा नं. ६ बुडोलमा बाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय स्थापना गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर जिल्लालाई लक्षित गरेर मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा यातायात कार्यालय स्थापना गरिएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । शनिबार एक कार्यक्रमबीच बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले  यातायात व्यवस्था कार्यालय शुभारम्भ गरेका हुन् । कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए । मन्त्री लम्सालले मन्त्रालय सेवा विस्तार सँगै लगायतका आपसासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले यातायात व्यवस्था कार्यालयका सेवालाई डिजिटल बनाउँदै लगेको पनि बताए । 

Ncell
Extreme Energy

बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० वर्षका लागि निशुल्क उपलब्ध गराएको हो । मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लालाई लक्षित गरी खुर्कोटमा कार्यालय स्थापना गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।