नेभिगेशन
सबै कुरा

नयाँ सत्ता समीकरणले रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्यो : प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको नयाँ समीकरणले वर्तमान संविधानमाथि नै प्रहार गर्ने प्रयास गरेको बताएका छन् । शुक्रबार पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणले रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।  

‘विश्वमै पहिलो र दोस्रो दल मिल्दा त्यस्ले जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ, निरङ्कुसतन्त्रलाई प्रश्रय दिएको छ ।’, उनले थपे,  ‘यहाँ त  नेपाली कांग्रेस र नेकपा एमालेमात्रै मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न । अत्यन्तै रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ तपाईँहरुले ।’

त्यस्तै उनले विपद वा राष्ट्रिय सहमति चाहिने अवस्थामा मात्र पहिलो र दोस्रो दल मिल्ने अभ्यास रहेको भन्दै उनले अहिले बाढीपहिरो आउँछ भनेर मिल्न लागेको हो भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् । ‘विशेष परिस्थितिमा हामीहरुले संविधानको बेला, भुकम्पको बेला, मैले यही मञ्चबाट विपक्षीको नेता भएपनि म सरकारको साथ छु भनेको थिएँ ।’, प्रधानमन्त्री प्रचण्डले भने,  ‘अहिले पनि त्यस्तै हुन लागेको हो कि ? कि बाढीपहिरो आउँछ भनेर मिल्नु भएको त होइन होला ।’

विश्वासको मत माग्दै प्रचण्डले प्रमुख दलहरु मिलेर कहीँपनि सरकार नबनाएको दृश्टान्त सुनाएका छन्। उनले संसदीय लोकतन्त्र भएका अमेरिका, बेलायत, भारतमा पनि मुख्य प्रतिस्पर्धी दलहरु मिलेर कहिल्यै सरकार नबनाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...