नेभिगेशन
सबै कुरा

नयाँ सत्ता समीकरणले रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्यो : प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको नयाँ समीकरणले वर्तमान संविधानमाथि नै प्रहार गर्ने प्रयास गरेको बताएका छन् । शुक्रबार पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणले रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘विश्वमै पहिलो र दोस्रो दल मिल्दा त्यस्ले जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ, निरङ्कुसतन्त्रलाई प्रश्रय दिएको छ ।’, उनले थपे,  ‘यहाँ त  नेपाली कांग्रेस र नेकपा एमालेमात्रै मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न । अत्यन्तै रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ तपाईँहरुले ।’

Ncell
Extreme Energy

त्यस्तै उनले विपद वा राष्ट्रिय सहमति चाहिने अवस्थामा मात्र पहिलो र दोस्रो दल मिल्ने अभ्यास रहेको भन्दै उनले अहिले बाढीपहिरो आउँछ भनेर मिल्न लागेको हो भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् । ‘विशेष परिस्थितिमा हामीहरुले संविधानको बेला, भुकम्पको बेला, मैले यही मञ्चबाट विपक्षीको नेता भएपनि म सरकारको साथ छु भनेको थिएँ ।’, प्रधानमन्त्री प्रचण्डले भने,  ‘अहिले पनि त्यस्तै हुन लागेको हो कि ? कि बाढीपहिरो आउँछ भनेर मिल्नु भएको त होइन होला ।’

विश्वासको मत माग्दै प्रचण्डले प्रमुख दलहरु मिलेर कहीँपनि सरकार नबनाएको दृश्टान्त सुनाएका छन्। उनले संसदीय लोकतन्त्र भएका अमेरिका, बेलायत, भारतमा पनि मुख्य प्रतिस्पर्धी दलहरु मिलेर कहिल्यै सरकार नबनाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।