नेभिगेशन
सबै कुरा

कांग्रेस एमालेलाई प्रचण्डको चुनौती: संविधान संसोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि गरौ !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि खुला छलफल गर्न आह्वान गरेका छन् । कांग्रेस एमालेले संविधान संसोधनको छिर्के हानेको दाबी गर्दै प्रचण्डले केही पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था लागू गर्न खोजिएको ओपन सेक्रेट भएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेकोजस्तै व्यवस्था र अवस्था थियो नि । स्थायीत्व थियो त त्यतिबेला? १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो ? समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ ? संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ । दलित र महिलाको प्रतिनिधित्व अझै बढाऊँ । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ । फेरि महिला, दलित, आदिवासी, मुस्लिम, धार्मिक अल्पसंख्यकलाई पहिलेजस्तै राज्यका निकायमा प्रतिनिधित्वविहीन बनाउने षडयन्त्र अब नेपालमा किमार्थ सफल हुने छैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतिकात्मक र निरंकुश सामन्तहरूको दयामा आधारित थियो । त्यो सुनिश्चित भएको छ ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।