नेभिगेशन
सबै कुरा

मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमतिलाई राष्ट्रिय सहमती मान्नुपर्ने ? : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतीलाई राष्ट्रिय सहमती मान्न नसकिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले मध्यरातमा २ दलबीच गुपचुप भएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने बताएका हुन् । 

‘सहमतिको विषय यो सदनमा धेरै चल्यो । त्यसकारण हामीले सहमति गरेका हौँ, उसकारण हामीले सहमति गरेका हौँ, हामीले यो कारण सहमति गरेको हो भन्ने कुरा आयो । तर दुखका साथ भन्नुपर्छ, नेपाली जनताले मत दिएर पठाउनुभएका केही माननीयज्यूहरु यहीँ हुनुहुन्छ ।’, उनले भने,  ‘अधिकांश त के, १/२ जना बाहेक कसैलाई हो भनेर गरिएको त्यो सहमतिबारेमा अलिकति पनि जानकारी छैन । बिना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ । न सहमति गर्ने दलका सांसदहरुलाई थाहा छ ने नेताहरुलाई थाहा छ । यो कस्तो सहमती होला ?’

देश, जनता र स्वमं आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नम दिएर उक्त शब्दको मानमर्दन भएको गृहमन्त्री लामिछानेले बताएका छन् । उनले भने, ‘अनि यो कस्तो सहमति होला सभामुख महोदय, मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने ? अनि त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ? राष्ट्र, राष्ट्रिय जस्ता गहन शब्दहरु यसको परिभाषा कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई, जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको  गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा मानमर्दन भएको छ । राष्ट्र र राष्ट्रिय शब्दको मानमर्दन भएको छ सभामुख महोदय । त्यो सहमति हुन सक्ला, राष्ट्रिय सहमति हुन सक्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...