नेभिगेशन
सबै कुरा

मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमतिलाई राष्ट्रिय सहमती मान्नुपर्ने ? : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतीलाई राष्ट्रिय सहमती मान्न नसकिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले मध्यरातमा २ दलबीच गुपचुप भएको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सहमतिको विषय यो सदनमा धेरै चल्यो । त्यसकारण हामीले सहमति गरेका हौँ, उसकारण हामीले सहमति गरेका हौँ, हामीले यो कारण सहमति गरेको हो भन्ने कुरा आयो । तर दुखका साथ भन्नुपर्छ, नेपाली जनताले मत दिएर पठाउनुभएका केही माननीयज्यूहरु यहीँ हुनुहुन्छ ।’, उनले भने,  ‘अधिकांश त के, १/२ जना बाहेक कसैलाई हो भनेर गरिएको त्यो सहमतिबारेमा अलिकति पनि जानकारी छैन । बिना जानकारीको यो सहमति न राष्ट्रलाई थाहा छ । न सहमति गर्ने दलका सांसदहरुलाई थाहा छ ने नेताहरुलाई थाहा छ । यो कस्तो सहमती होला ?’

Ncell
Extreme Energy

देश, जनता र स्वमं आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय सहमतिको नम दिएर उक्त शब्दको मानमर्दन भएको गृहमन्त्री लामिछानेले बताएका छन् । उनले भने, ‘अनि यो कस्तो सहमति होला सभामुख महोदय, मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने ? अनि त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ? राष्ट्र, राष्ट्रिय जस्ता गहन शब्दहरु यसको परिभाषा कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई, जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको  गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा मानमर्दन भएको छ । राष्ट्र र राष्ट्रिय शब्दको मानमर्दन भएको छ सभामुख महोदय । त्यो सहमति हुन सक्ला, राष्ट्रिय सहमति हुन सक्दैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।