नेभिगेशन
सबै कुरा

बोल्दाबोल्दै रोकेपछि रामहरि खतिवडालाई रविको कटाक्ष : ‘वाह ! मर्निङ् सोज द डे’

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई दिउँसोको पूर्वानुमान बिहानीले गर्छ भन्दै कटाक्ष गरेका छन् । गृहमन्त्री लामिछानेले रोष्ट्रममा बोल्दै गर्दा नियमापत्ति जनाउँदै सांसद खतिवडा उठेपछि लामिछानेले ‘मर्निङ् सोज द डे’ भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेले बोल्दै गर्दा बिचमै उठेर सांसद खतिवडाले भने, ‘विश्वासको मत लिने समयमा गृहमन्त्रीका हैसियतले बोलाइएको हो कि रास्वपाको नेताको हैसियतले ? यहाँको भाषण रास्वपाको नेताको हैसियतमा हो कि गृहमन्त्रीको हैसियतमा ? जानकारी पाउँ सभामुख महोदय ।’

Ncell
Extreme Energy

सांसद खतिवडाको प्रश्नको जवाफ दिँदै उपसभामुख इन्दिरा रानाले रवि लामिछानेलाई ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको नेताको हैसियतले यहाँ समय नदिइएको’ बताइन् । त्यस्तै उनले अभिव्यक्ति छोट्याउन समेत आग्रह गरेकी छिन् । 

त्यति गर्दा पनि सांसद खतिवडाले विरोध गर्न नछोडेपछि आक्रोसित भएका लामिछानेले भने, ‘सभामुख महोदय, म १ मिनेटमा आफ्नो भनाई टुङ्ग्याउँछु, त्यो एक मिनेट मलाई दिनुभयो भने म यो ठाउँ खालि गरिदिन्छु ।’

त्यति भन्दा पनि सांसद खतिवडाले हल्ला गर्न नछोडेपछि उनले भने, ‘माननीयज्यू सरकार बन्न पाएको छैन, यताबाट सुरु गर्न थालिसक्नु भयो । वाह, मर्निङ सोज द डे । तपाईँहरुको बिहानीको लागि शुभकामना ।’

त्यस्तै उनले आफूले कार्यविधिअनुरुप नै बोलेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।