नेभिगेशन
सबै कुरा

बोल्दाबोल्दै रोकेपछि रामहरि खतिवडालाई रविको कटाक्ष : ‘वाह ! मर्निङ् सोज द डे’

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई दिउँसोको पूर्वानुमान बिहानीले गर्छ भन्दै कटाक्ष गरेका छन् । गृहमन्त्री लामिछानेले रोष्ट्रममा बोल्दै गर्दा नियमापत्ति जनाउँदै सांसद खतिवडा उठेपछि लामिछानेले ‘मर्निङ् सोज द डे’ भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् । 

लामिछानेले बोल्दै गर्दा बिचमै उठेर सांसद खतिवडाले भने, ‘विश्वासको मत लिने समयमा गृहमन्त्रीका हैसियतले बोलाइएको हो कि रास्वपाको नेताको हैसियतले ? यहाँको भाषण रास्वपाको नेताको हैसियतमा हो कि गृहमन्त्रीको हैसियतमा ? जानकारी पाउँ सभामुख महोदय ।’

सांसद खतिवडाको प्रश्नको जवाफ दिँदै उपसभामुख इन्दिरा रानाले रवि लामिछानेलाई ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको नेताको हैसियतले यहाँ समय नदिइएको’ बताइन् । त्यस्तै उनले अभिव्यक्ति छोट्याउन समेत आग्रह गरेकी छिन् । 

त्यति गर्दा पनि सांसद खतिवडाले विरोध गर्न नछोडेपछि आक्रोसित भएका लामिछानेले भने, ‘सभामुख महोदय, म १ मिनेटमा आफ्नो भनाई टुङ्ग्याउँछु, त्यो एक मिनेट मलाई दिनुभयो भने म यो ठाउँ खालि गरिदिन्छु ।’

त्यति भन्दा पनि सांसद खतिवडाले हल्ला गर्न नछोडेपछि उनले भने, ‘माननीयज्यू सरकार बन्न पाएको छैन, यताबाट सुरु गर्न थालिसक्नु भयो । वाह, मर्निङ सोज द डे । तपाईँहरुको बिहानीको लागि शुभकामना ।’

त्यस्तै उनले आफूले कार्यविधिअनुरुप नै बोलेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...