नेभिगेशन
सबै कुरा

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड

काठमाडाैँ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै पदमुक्त भएका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवासमा पुगेका छन् । प्रतिनिधिसभाको यो कार्यकालमा ४ पटकसम्म विश्वासको मत पाएका प्रचण्ड पाँचौ पटकमा विश्वासको मत गुमाएसँगै उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन् । 

भेटमा उनले आफूले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावसम्बन्धी मतदानको परिणाम राष्ट्रपतिलाई सुनाएको र नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको बताइएको छ । 

प्रधानमन्त्री दाहालले आजको बैठमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा पक्षमा ६३ , विपक्षमा १९४ र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत गुमाएसँगै प्रधानमन्त्रीबाट प्रचण्ड बाहिरिएिका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकमा संविधानको धारा १०० (२) मा रहेको व्यवस्थाअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...