नेभिगेशन
सबै कुरा

केही समय सरकारमा बस्दा देश कसले चलाएको रहेछ राम्रोसँग थाहा पायौँ : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा गएपछि देश कसले चलाएको रहेछ भन्ने थाहा पाएको बताएका छन् । बिहिबार पार्टीको नीति मन्थन कार्यायक्रमपछि बोल्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएर धेरै विषयको अनुभव लिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा खेरी गल्ती खानेबाहेक केही काम भएको रहेनछ । हामीलाई त केही सिक्नु थियो, केही गर्नु थियो, हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने जान्नका लागि सिंहदरबार कसरी चल्छै छ भन्नै हेर्नैपर्छ । त्यही हेर्न जति गाली खाएर भएपनि जसरी पनि सरकारमा जानु नै थियो ।’, लामिछानेले भने, ‘पहिलो पटक पर्याप्त थिएन । ३४ दिन म मन्त्री भएँ अरु साथीहरु २२/२४ दिन मन्त्री बन्नुभयो । अहिले जुन ४ महिनाको अवधि हामीले सरकारमा बस्यौँ । यो अवधिले अब चाहीँ हामीलाई धेरैकुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनियताको सपथ खाएका छौँ । सबैकुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने राम्रो हिन्ट हामीले पाएका छौँ ।'

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरुले ४ महिना सरकार चलाएर देशलाई केही घाटा नलगाएको बरु ४ जना भष्ट्रहरुलाई रोक्यौँ कि भन्ने लागेको बताएका छन् । ‘हामीले यो समय लिएर अनुभव लिँदा राज्य घाटा लगाएका छैनौँ है ।’, उनले थपेका छन्, ‘...बरु ४ वटा मन्त्रालय लिएर ४ वटा भ्रष्टहरुलाई रोक्यौँ कि भन्ने लागेको छ हामीलाई ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।