नेभिगेशन
सबै कुरा

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् । प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले आइतबार राजीनामा दिएका हुन्।

यसअघि मुख्यमन्त्री महराले राजीनामा नदिने बरू बिश्वासको मत लिने बताएपनि अन्तिम समयमा आएर मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् । यता प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेशसभाको बैठक र सम्भावित कार्यसूची सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन समेत गरेको थियो । मुख्यमन्त्री महराले विश्वासको मत नपाउने भएपछि सभालाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

CG

मुख्यमन्त्री महराले राजिनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा एमाले र काँग्रेसबीच भएको सहमती अनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लिला गिरी बन्ने भएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठूला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य समेत सुरू गरेको छ ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज देखिएको हो तर प्रदेशसभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीको भनाइ छ । काँग्रेसएमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाएका छन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...