नेभिगेशन
सबै कुरा

मनिष गैरे : परीक्षा बोर्डको लापरबाहीले एसईईको नतिजाविहीन एक अब्बल विद्यार्थी (भिडियाे)

काठमाडौँ । बुटवल उपमहानगरपालिका ११ का १६ वर्षीय मनिष गैरे पढाईमा अब्बल विद्यार्थी हुन् । नेपालकै नमूना सामुदायिक विद्यालय भनेर चिनिने बुटवलको कालिका मानव ज्ञान माविका विद्यार्थी उनी यो वर्षको एसईई परीक्षामा सहभागी विद्यालयका ६ सय ७६ जना विद्यार्थी मध्येका एक हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विद्यालयका तिक्ष्ण र राम्रो अङ्क ल्याउने विद्यार्थी भनी आँकलन गरिएका उनी एसईईको रिजल्ट सार्वजनिक भएको २३ दिन बित्दा पनि आफ्नो नतिजा नपाएकोमा चिन्तित छन् । 

‘ए प्लस नतिजाको अपेक्षासहित विज्ञान सङ्काय पढ्ने तयारी गरिरहेको थिएँ,’ मनिषले सिधाकुरासँग भने, ‘सबै साथीहरू भर्ना भइसके तर मेरो नतिजा राष्ट्रिय परीक्षा बोर्डको अभिलेखमा देखिँदैँन ।’

राम्रो मेहनत गरेर पढेको छोराको नतिजा बिग्रँदा गैरेको परिवार विद्यालयदेखि राष्ट्रिय परीक्षा बोर्डसम्म नतिजाका लागि पहल गरिरहेका छन् । परीक्षामा सहभागी भएको सप्रमाण बोकेर रिजल्टको पहल गर्दा सुरुमा उत्तरपुस्तिका हराएको जानकारी पाएका उनीहरु अहिले आएर परीक्षा बोर्ड नै सम्पर्कमा नरहेपछि चिन्तित बनेका छन् । शनिवार सार्वजनिक भएको पुनर्योगको परीक्षामा समेत उनको नतिजा आएको छैन् । 

कालिका मानव ज्ञान मावि का प्रधानाध्यापक दिनेश थापाका अनुसार गत वर्षको एसईई परीक्षामा विद्यालयबाट ६ सय ७६ जना विद्यार्थीहरू सहभागी थिए । जसमा मनिषको मात्रै नतिजा नआएको थापा बताउँछन् । उनका अनुसार  मनिषको सिम्बोल नम्बर ०४८०३००७ 'ए' हो । उनले नवीन औद्योगिक कदर बहादुर रिता मावि केन्द्रबाट परीक्षा दिएका थिए ।


नतिजा प्रकाशन हुने बेलामा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा उनको विवरण राखेर हेर्दा नतीजा भेटिएन भन्ने सन्देश मात्रै देखाएको थापा बताउँछन् ।

रिजल्ट नै नदेखाएका कारण उनले पुनर्योगका लागि निवेदन दिन समेत नपाएको विद्यालयले जनाएको छ । नतिजा प्रकाशन हुँदाको दिन आफ्नो सिम्बोल नम्बरमा नतिजा नदेखाएपछि मनिषको परिवारले विद्यालय हुँदै राष्ट्रिय परीक्षा बोर्डसम्म सम्पर्क गरेको छ । 

सुरुका दिनमा प्राविधिक कारणले नतिजा नदेखाएको हुन सक्ने भएकाले केही दिनमा देखाउँछ भन्ने जवाफ बोर्डबाट पाएको मनिषका बाबु मोहनीलाल गैरे बताउँछन् । 


उनका अनुसार बोर्डले नतिजाका लागि सुरुमा मनिषले परीक्षा दिएको प्रमाण खोजेको थियो । ‘मैले बुटवलबाट परीक्षाको हाजिरी विवरण, विद्यार्थीले भरेको फारमको कपीसहित निवेदन पनि पेश गरेँ। त्यसको केही दिनपछि बोर्डका कर्मचारीले मनिषको उत्तरपुस्तिका नै हराएकाले अहिले खोज्ने काम भइरहेको जवाफ दिए,’ उनले भने, ‘अर्को दिन फेरी बोर्डका कर्मचारीले मनिषको उत्तर पुस्तिका भेटिएको र नतिजा राम्रो भएकाले ढुक्क हुन भनेको तर दुई साता बित्दा पनि मनिषको रिजल्ट आएको छैन । अहिले बोर्डका अधिकारीहरूले जवाफ दिन समेत छाडेका छन् ।’  

तस्विर : मनिष गैरे र उनका बाबु मोहनीलाल गैरे

यस विषयमा सिधाकुराले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मालाई सोधेको थियो । तर, उनले उत्तर पुस्तिका नहराएको दाबी गरे । उनले यस्तो नतिजा प्राविधिक समस्याका कारण प्रकाशित नभएको हुनसक्ने बताए ।

शर्माले कम्युटरमा विवरण अपडेट गर्ने क्रममा वा नतिजा राख्ने क्रममा कुनै त्रुटि भएकाले केही विद्यार्थीको नतिजामा समस्या देखिएको बताए । 

यता बोर्डका अर्का एक कर्मचारीले मनिषको उत्तर पुस्तिकाको विवरणमा नै नभेटिएकाले समस्या भएको बताए । उनको सिम्बोल नम्बर अनुसारको उत्तर पुस्तिका परिक्षण गरेका शिक्षक, विवरण अध्यावधिक गर्ने कम्प्युटर अपरेटरहरुसँग छलफल भइरहेको पनि उनले बताए । 

‘बोर्डले मनिष गैरेको नतिजा प्रकाशनमा लापरवाही गरेको छैन, १९ हजार विद्यार्थीले नतिजामा समस्या भएको भन्दै बोर्डमा आवेदन दिएका छन्,’ ति कर्मचारीले भने,‘जसमध्ये अहिलेसम्म पुनर्योगको नतिजा प्रकाशन भएका ४ हजार २ सय ९७ जना मध्ये २ सय ७५ जनाको नतिजा सुधारिएर आएको छ । यसअघि नतिजा फरक परेका मध्ये ४० जनाले ए ग्रेड पाएका छन् भने ननग्रेडमा परेका ८८ जनाले पढ्न पाउने ग्रेड पाएका छन् ।’ 

तर, सुरुवाती नतिजानै नआएका कारण मनिष गैरे पुनर्योगनै गर्न नपाउने अवस्थामा छन् । सँगै पढेका साथीहरुले भर्ना भएर नयाँ कक्षा सुरुवात गर्ने बेलामा आफ्नो नतिजानै नआउँदा भने उनी चिन्तित छन् । उनले आफूले कानुनसम्मत परीक्षा दिएको, परीक्षामा सबै प्रक्रिया पुरा गरेको तर नतिजा नआउनुको कारण आफू नभएको गैरे बताउँछन् । उनी आफूलाई पढ्न पाउने वातावरण बनाउनका लागि सरकारसँग आग्रह गर्छन् ।

-बुटवलबाट शिव डुम्रेको सहयोगमा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...