नेभिगेशन
सबै कुरा

अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहारिकताको बारेमा बढ्दो सङ्ख्यामा डेमाक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेका हुन् । “मरो उम्मेदवारी पुनः निर्वाचित हुने भएतापनि, मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ’, सामाजिक सञ्जाल एक्समा उनले भनेका छन् । 

Ncell
Extreme Energy

उनले आफ्नो निर्णयको बारेमा विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राख्ने बताए । 

अर्को पोस्टमा उनले भनेका छन्, “यस वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौँ ।”

वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन् । हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतवार राती आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनालाई अन्त्य गरेको बताएका हुन् । 

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । 

अब अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने सम्भावना छ । 

यद्यपि, डेमोक्र्याटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ । गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उनको आलोचना भएको थियो ।

उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छिन् । उनले आफूले ट्रम्पविरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् ।

भर्खरै