नेभिगेशन
सबै कुरा

विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडीकाे विदाई

काठमाडौँ । दक्षिण कोरियामा हुन लागेको विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गरिएको छ । उनीहरुलाई युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्रीले सोमबार बिदाइ गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलाडीहरुलाई युएईको आबुधाबीस्थित नेपाली राजदुतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदुत क्षेत्रीले बिदाइ गरेका हुन। कार्यक्रममा सहभागी खेलाडी सँगै युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुत क्षेत्रीले सफलताको शुभकामना दिएका छन । उनले  ‘वैदेशिक रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर आएर पनि आफ्नो कामको अलावा खेलकुदलाई समेत निरन्तरता दिएको देख्दा खुशी लागेको छ ।  विश्वका विभिन्न देशहरुमा आफ्नो सहभागिता जनाउँदै खेलको माध्यमबाट नेपालको नाम चिनाउन मद्दत गर्ने कुरामा विश्वस्त छौँ।’

Ncell
Extreme Energy

कोरियाको मुंग्योङ सिटिमा जुलाई २६ देखी ३० सम्म हुने विश्व तेक्वान्दो हान्मादाङको लागी नेपाली खेलाडीहरुले गरेको तयारीमन बारेमा कोरियन प्रशिक्षक नाम्हो क्वानले राजदुतलाई जानकारी गराएका छन्। उनले नेपाली खेलाडीहरु एकदम मेहनती रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली राजदुतावासले यस्तै साथ र सहयोग गरेमा उनीहरुलाई अझै राम्रो गर्न हौसला मिल्ने उल्लेख गरेका छन् ।   

युएईका पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री तथा प्रशिक्षक जगन अधिकारीको नेतृत्वमा रहेका खेलाडीहरु सबिन पाण्डे, हरी कृष्ण विष्ट र शान्ति भण्डारी भोली मंगलबार २३ जुलाईका दिन कोरिया प्रस्थान गर्ने छन्। त्यसका लागी कोरियन प्रशिक्षक नाम्हो क्वान भने कोरिया गइसकेका छन।

विगत लामो समयदेखी युएईमा रहेर तेक्वान्दो खेललाई निरन्तरता दिँदै आएका खेलाडी सविन पाण्डे आफ्नै व्यवसाय गर्छन भने अर्का खेलाडी हरि कृष्ण विष्ट आबुधाबीस्थित एक प्यालेसमा काम गर्छन्। त्यस्तै बिगबस टुर्समा कार्यरत अर्की खेलाडी शान्ति भण्डारीले मध्य पुर्वको पर्यटन क्षेत्रमा पहिलो महिला डबलडेकर बस चालकको रुपमा आफ्नो परिचय स्थापित गरेकी छिन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् ।

भर्खरै