नेभिगेशन
सबै कुरा

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद बहादुर सिंह लामाकाे दाबी

काठमाडाैँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद बहादुर सिं लामाले दाबी पेश गरेका छन् । लामाले कांग्रेस र एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । 

मुख्यमन्त्री लामाले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेअनुरुप लामाले मंगलबार दाबी पेश गरेका हुन् । 

केन्द्रमा भएको सत्ता समिकरण फेरबदलपछि प्रदेश सरकारमा पनि त्यसको असर परेको छ । जसमा बागमतीमा पनि एमाले र कांग्रेस मिलेर सरकार बनाउन लागेका हुन्, जसका लागि मन्त्रालयको भागबण्डासमेत बाँडफाँड भइसकेको छ । 

कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ । 

१ सय १० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक छ । सरकार गठनका लागि कांग्रेस र एमालेका सांसद संख्या पर्याप्त छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...