नेभिगेशन
सबै कुरा

काभ्रे प्रशासनले गर्यो ९ जनाको नक्कली नागरिकता रद्द

काभ्रेपलाञ्चोक । एक बर्षमा झुटो विवरण पेस गरी नागरिकता लिएका २६ नागरिकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षभन्दा दोब्बरबढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयका अनुसार आव २०७९/८० मा नागरिकताका दश मुद्दा दर्ता भएको थियोभने आव २०७८÷७९ मा ६ मुद्दा दर्ता थिए । जिल्लामा झुटो विवरण पेस गरी नागरिकता लिने बर्सेनि बढ्दै गएको घटनाक्रमले देखाएको हो । हाल नागरिकताको विषयमा पेस हुन आएका कागजातलाई गम्भीरतापूर्वक हेरेर र कतिपयको हकमा प्रहरी प्रतिवेदनसमेत मगाएर मात्रै प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार गत वर्षमा भएका घटनाले प्रशासकलाई थप गम्भीर बनाएको छ । 

Ncell
Extreme Energy

नयाँ नागरिकतामा पनि प्रशासनले प्रहरी प्रतिवेदन खोज्ने गरेको पाइएको छ । कार्यालयले १ वर्षको अवधिमा जिल्लाबाट १० हजार चार सय २९ नयाँ नागरिकता जारी गरेको जनाएको छ । नयाँ नागरिकताका लागि एक हजार दुई सय ७३ सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, नागरिकको गोप्य चालचलनका लागि एक हजार १० सिफारिस गरिएको उसले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भने एक वर्षमा नौ हजार दुई सय २४ पुराना नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै आमाको नामबाट १२ र ७ अङ्गीकृत नागरिकता  वितरण गरिएको छ । यस अवधिमा ५५ ले नागरिकता त्यागेका छन् भने ५३ गैरआवासीय नागरिकता जारी भएको छ । 

त्यस्तै, राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिएका १९ हजार सात सय ७५ मध्ये एक हजार नौ सय ३४ वितरण भएका छन् । १७ हजार नौ सय तीनले राहदानीका लागि कार्यालयमा आवेदन दिएका थिए । पाँच सय तीन दलित–जनजाति तथा सात सय २४ ले नाबालक परिचयपत्र लिएका छन् । 

यसैबीच, एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी नौवटा नक्कली नागरिकता रद्द गरिएको हो । तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भुपेन्द्र पाण्डेय तथा नायब सुब्बा अधिकृत रामचन्द्र अर्याल भएका बेला जारी गरेका ११ थान नागरिकता रद्द गरिएको हो । उनका अनुसार रद्द गरिएका सबै नागरिकता २०७३÷७४ मा जारी भएको पाइएको हो । 

खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामा नै रहेको बुझिएका छ । यस्तै, नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भुपेन्द्र पाण्डेय भने गत चैतमा धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...