नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री सुदन किराँती र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापतिबीच चर्काचर्की

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँती अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवबीच चर्काचर्की परेको छ । केहीबेर विवाद भएपछि किराँतीले संसदीय समिति बैठक बहिष्कार गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन् । 

Ncell
Extreme Energy

बैठकका लागि राखिएको बिभिन्न एजेण्डमा धारणा राखिरहदा सभापति यादवले बिषय केन्द्रीत भएर छोटोमा आफ्ना प्राविधिक कुराहरु राख्न  भनेका थिए । त्यसलगतै किराँतीले आफु टेक्निकल बिज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए । किराँती र सभापति यादवबीच केही समय भनाभन भएको थियो । 

आफू समितिले राखेका एजेण्डामा नै बोलेको किराँतीले दावी गरेका थिए । त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप बिषय नराखि उनी बैठकबाट निस्केका हुन् । सो क्रममा किराँतीले आफुलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोशित बनेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।