नेभिगेशन
सबै कुरा

पूर्वमन्त्री सुदन किराँती र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापतिबीच चर्काचर्की

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँती अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवबीच चर्काचर्की परेको छ । केहीबेर विवाद भएपछि किराँतीले संसदीय समिति बैठक बहिष्कार गरेका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन् । 

बैठकका लागि राखिएको बिभिन्न एजेण्डमा धारणा राखिरहदा सभापति यादवले बिषय केन्द्रीत भएर छोटोमा आफ्ना प्राविधिक कुराहरु राख्न  भनेका थिए । त्यसलगतै किराँतीले आफु टेक्निकल बिज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए । किराँती र सभापति यादवबीच केही समय भनाभन भएको थियो । 

आफू समितिले राखेका एजेण्डामा नै बोलेको किराँतीले दावी गरेका थिए । त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप बिषय नराखि उनी बैठकबाट निस्केका हुन् । सो क्रममा किराँतीले आफुलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोशित बनेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...