नेभिगेशन
सबै कुरा

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

घोराही । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या समान छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन् । नयाँ दर्ता गर्नेको सङ्ख्या र बन्द गराउनेको सङ्ख्या उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोषकुमार सुवेदीले बताए । 

Ncell
Extreme Energy

दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा वृद्धि भएको उनले बताए। सञ्चालन घाटा भएपछि उद्योगको लगत कट्टा गर्नुपरेको व्यवसायीले बताएका छन् । यो अवधिमा चार सय ७१ वटा उद्योग बन्द भएका छन् । 

समीक्षा अवधिमा पाँच सय ९६ वटा फर्म दर्ता भएकामा  पाँच सय ९२ वटा निजी र चारवटा साझेदारी फर्म छन् । एक हजार चार सय ५७ वटा फर्मको नवीकरण भएको छ भने दुई सय ९२ वटाले पुँजी वृद्धि गरेका छन् ।

एक वर्षमा पाँच सय १३ वटा उद्योग थपिएका छन् । थपिएका उद्योगमा पाँच सय ४८ जना नयाँ उद्यममा दत्तचित्त भएर लागेका छन्भने एक हजार पाँच सय ६२ जनाले रोजगारी प्राप्त गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक हजार एक सय ५६ वटा उद्योगले नवीकरण भएका छन् । 

यो अवधिमा उत्पादनमूलक उद्योग ९८ वटा थपिएका छन् । कृषि तथा वनजन्य उद्योग दुई सय ३१ वटा थपिएका छन् । पर्यटन उद्योगतर्फ ६१ वटा थपिएका छन् । सेवामूलक उद्योगको सङ्ख्या एक सय २३ पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।
लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

कहिल्यै चक र डस्टरको आवाज गुञ्जायमान हुने कक्षाकोठा अहिले बाक्लो लेदोले पुरिएको छ। भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयको आँगनदेखि कक्षाकोठासम्मै...
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।