नेभिगेशन
सबै कुरा

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

घोराही । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या समान छ । 

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन् । नयाँ दर्ता गर्नेको सङ्ख्या र बन्द गराउनेको सङ्ख्या उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोषकुमार सुवेदीले बताए । 

Dish Home
Global Ime Bank

दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा वृद्धि भएको उनले बताए। सञ्चालन घाटा भएपछि उद्योगको लगत कट्टा गर्नुपरेको व्यवसायीले बताएका छन् । यो अवधिमा चार सय ७१ वटा उद्योग बन्द भएका छन् । 

समीक्षा अवधिमा पाँच सय ९६ वटा फर्म दर्ता भएकामा  पाँच सय ९२ वटा निजी र चारवटा साझेदारी फर्म छन् । एक हजार चार सय ५७ वटा फर्मको नवीकरण भएको छ भने दुई सय ९२ वटाले पुँजी वृद्धि गरेका छन् ।

एक वर्षमा पाँच सय १३ वटा उद्योग थपिएका छन् । थपिएका उद्योगमा पाँच सय ४८ जना नयाँ उद्यममा दत्तचित्त भएर लागेका छन्भने एक हजार पाँच सय ६२ जनाले रोजगारी प्राप्त गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक हजार एक सय ५६ वटा उद्योगले नवीकरण भएका छन् । 

यो अवधिमा उत्पादनमूलक उद्योग ९८ वटा थपिएका छन् । कृषि तथा वनजन्य उद्योग दुई सय ३१ वटा थपिएका छन् । पर्यटन उद्योगतर्फ ६१ वटा थपिएका छन् । सेवामूलक उद्योगको सङ्ख्या एक सय २३ पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

'एउटा भ्रम पनि छ , अलि स्टाबिलिस्ट भनिएका मिडियाहरुमा के परेको छ भने हामी जे भन्छौँ त्यही नै सत्य हो । हामीले अलिकलि बङ्ग्यायो भनेपनि त्यही सिधा हो...
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
आगलागीले ३ घर जलेर नष्ट

आगलागीले ३ घर जलेर नष्ट

पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीलाई नेपालको राजनीतिले विचलित बनाएको बताएका छ । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल...

भर्खरै