नेभिगेशन
सबै कुरा

गोरखा पहिरोः घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो, बेपत्ताको खोजी जारी

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले बताए । 

Ncell
Extreme Energy

स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् । शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।
लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

कहिल्यै चक र डस्टरको आवाज गुञ्जायमान हुने कक्षाकोठा अहिले बाक्लो लेदोले पुरिएको छ। भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयको आँगनदेखि कक्षाकोठासम्मै...
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।