नेभिगेशन
सबै कुरा

रास्वपाले आफूलाई गरेको कारबाही अवैधानिक भएको भन्दै डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।       

उनले आज आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्र्दै आयोगमा निवेदन दिएको बताए । उनले  अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिए ।       

Dish Home
Global Ime Bank

“संविधानको धारा २६९ (४) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८(२०)अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्र्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु”, उनले भने ।      

रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

हामीले जे भन्यो त्यही सही हो भन्ने स्थापित मिडियाको भ्रम डिजिटल मिडियाले तोड्नेछः प्रधानमन्त्री ओली

'एउटा भ्रम पनि छ , अलि स्टाबिलिस्ट भनिएका मिडियाहरुमा के परेको छ भने हामी जे भन्छौँ त्यही नै सत्य हो । हामीले अलिकलि बङ्ग्यायो भनेपनि त्यही सिधा हो...
मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

मानव बेचबिखन आराेपमा २० वर्षीय युवति पक्राउ, नाबालिकालाई यौन शोषणका लागि भारत पुर्‍याएको आरोप

पर्सा प्रहरीका अनुसार वैशाख २१ गते, आलिया खातुनले नाम, थर र वतन नखुलाइएकी करिब १३/१४ वर्षीया एक किशोरीलाई ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाई भारतको रक्सौलस्थित...
आगलागीले ३ घर जलेर नष्ट

आगलागीले ३ घर जलेर नष्ट

पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

नेपालको राजनीतिले विश्वभर रहेका नेपालीहरु विचलित छन् : उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीलाई नेपालको राजनीतिले विचलित बनाएको बताएका छ । आइतबार डिजिटल मिडिया अलायन्स नेपाल ‘डिम्यान’ले आयोजना गरेको प्यानल...

भर्खरै