नेभिगेशन
सबै कुरा

आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ अघि बढेका छौँ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ अघि बढ्ने बताएका छन् । 

आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशिल बनाउदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन् । 

उनले आफु नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक बिकासको बाटोमा काम गरिरहदा सुशासनको डरमा भ्रष्टहरु मिलेर आफु नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे । 

आफुहरु सरकार छाड्दा बिजेताका रुपमा निस्केको र सरकारमा जानेहरु हारेजस्तो देखिएको उनले बताए । प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउदै संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने अवसर प्राप्त भएको धारणा राखे । 

कार्यक्रममा एमाले, कांग्रेस, रास्वपा लगाएत दलमा आवद्ध कार्यकताहरु माओवादी प्रवेश गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...