नेभिगेशन
सबै कुरा

भ्रष्टाचारको फाइल खोलेपछि सरकार ढालियो भन्ने आरोप निराधारः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले बिभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको समेत बताए । 

Ncell
Extreme Energy

उनले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको धारणा राखे । शर्माले बिभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए । 

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेट प्रकरणमा पनि छानविन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे । सरकारलाई बिभिन्न सुझाव दिदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न समेत सुझाव दिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।
लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

कहिल्यै चक र डस्टरको आवाज गुञ्जायमान हुने कक्षाकोठा अहिले बाक्लो लेदोले पुरिएको छ। भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयको आँगनदेखि कक्षाकोठासम्मै...
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।