नेभिगेशन
सबै कुरा

सहकारी छानबिन समितिले लियाे विभिन्न राजनीतिक दलसँग सुझाव

काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरुसँग सुझाव लिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगाएत अन्य दलले सहकारीका विषयमा सुझाव दिएका हुन् । बैठकमा एमालेको सहकारी विभागले लिखित सुझाव दिएका थिए भने अन्य केहि दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।उनले सबैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए । त्यस्तै आइतबार नै समितिले चाटर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रको लेखा परिक्षणका क्रममा देखिएका तथ्यहरुका बारेमा जानकारी लिएको उनले बताए ।

नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए । सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निरन्तर सरोकारवाला निकायहरुसँग छलफल गर्ने र निष्कर्षमा पुगिने उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...