नेभिगेशन
सबै कुरा

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक भेटियाे

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उनले बताए । 

Ncell
Extreme Energy

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै  त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।  

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।