नेभिगेशन
सबै कुरा

सहकारीबन्धु भन्ने साथीहरुले 'स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरुन' : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री रहुन्जेल आफूलाई सहकारीसँग जोडेर आरोप लगाउनेहरुले आफ्ना पार्टीका नेता मुछिएको प्रकरणमा पनि छानबिन गर्न आवाज उठाउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्रीलाई लक्षित गर्दै स्काउट जग्गा प्रकरण, बालमन्दिर जग्गा प्रकरण, बाँसबारी छाला जुत्ता प्रकरण र नक्कली भुटानी प्रकरणमा पनि आवाज उठाउन चुनौती दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हिजो यहि संसदमा सहकारीबन्धु भन्ने सांसद साथीह?ले अब सहकारी बन्धुको भाषा बन्द गरेको हामी हेर्न चाहादैनौँ । सहकारी बन्धु मात्र नभनुन्, स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु पनि भन्ने आँट गरून ।’, सभापति रवि लामिछानेले भने ।

Ncell
Extreme Energy

त्यस्तै सभापति लामिछानेले आइतबार कांग्रेस महामन्त्री  विश्वप्रकाश शर्माले संसदमा बोलेको विषयको समेत प्रतिवाद गरेका छन् । आफूले अनुसन्धान गरेको विषयलाई पुरानै अनुसन्धान हो भन्दै महामन्त्रीले ढाकछोप गरेको भन्दै काण्ड पनि आफूहरुले नै गरेको हो भन्ने स्विकार गर्न शर्मालाई अनुरोध गरेका छ्न । ‘हिजो भर्खर यहाँ चल्यो, फाइल तपाईँहरुले खोलेको हैन, फाइल त हामीहरुले खोलेको हो तिमीहरुले केही पनि गरेका हैनौ भन्ने कुराहरु आए ।’, उनले थपे, ‘ठिक छ तपाईँहरुले नै खोल्नु भएको हो हामीलाई जस चाहिएको पनि हैन । काण्डहरु पनि हामीहरुले नै गरेको हो भन्दिएको भए हुन्थ्यो । ३० औँ वर्षमा यी सबै काण्डहरु पनि आफूहरुले नै गरेको हो भन्दिए हुन्थ्यो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

जंगलको बीचमा खाल्डो खनेर पुरिँदै बेवारिसे शव

भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।