नेभिगेशन
सबै कुरा

महिला हिंसाकाे आराेप लागेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा उम्मेदवारी फिर्ता

काठमाडौँ । निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेको संसदीय सुनुवाइ समितिलाई जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिलाई आज पत्र लेख्दै उनले संवैधानिक परिषद्को सिफारिस प्रतिनिष्ठावान रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको स्पष्ट पारे । 

Ncell
Extreme Energy

भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने बचनबद्धता व्यक्त गर्दै प्रधानले लेख्नुभएको पत्रमा भनिएको छ, “सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समिति समक्ष जानकारीसहित अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।”

संवैधानिक परिषद्ले गत असार २ गते उनकाे नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो । 

बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत  गरेका थिए । उनका विरुद्धमा महिला हिंसा गरेको आरोप लगाउँदै चार वटा उजुरी परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।