नेभिगेशन
सबै कुरा

संसदीय सुनुवाइ समितिद्वारा निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम अस्वीकृत

काठमाडौँ । संसदीय सुनुवाइ समितिले  निर्वाचन आयुक्तका लागि सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको समितिका सभापति पशुपति शमशेर जबराले जानकारी दिए । 

यसअघि बसेको समितिको बैठकले प्रधानको विषयमा थप छलफल जरुरी रहेको भन्दै आजका लागि बैठक बोलाएको थियो । समितिको बैठक बस्नुअगाबै प्रधानले आफूलाई प्रस्ताव गरिएको पदमा उम्मेदवारी कामय राख्न नचाहेको संसदीय सुनुवाइ समितिलाई जानकारी गराएका थिए ।  

समितिलाई पत्र लेख्दै उनले संवैधानिक परिषद्को सिफारिस प्रतिनिष्ठावान रहँदारहँदै पनि आफूप्रति केन्द्रित दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको बताएका थिए । 

भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारीप्रति निष्ठावान रहने बचनबद्धता व्यक्त गर्दै प्रधानले लेख्नुभएको पत्रमा भनिएको छ, “सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिका लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समिति समक्ष जानकारीसहित अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।”

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो । 

बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत  गरेका थिए । उनका विरुद्धमा महिला हिंसा गरेको आरोप लगाउँदै चार वटा उजुरी परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...