नेभिगेशन
सबै कुरा

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

वीरगञ्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ ।

Ncell
Extreme Energy

बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम रु तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छभने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम रु आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ ।

कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । ‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता रु सवा १२ करोडभन्दा बढी छ’, उनले भने,’निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि चार करोड हाराहारीमा छ ।’

कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता रु एक करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता रु एक करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको रु ४९ लाख ६१ हजार चार सय १७ छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता रु ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए । ‘खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ’ उनले भने ।

कार्यालयका अनुसार आव २०८०/८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ ।

कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।