नेभिगेशन
सबै कुरा

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

५ असोज, भैरहवा : भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा)  देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टीकापुरका केही बगैँचामा केराको बोट ओइलाउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए। उनका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ ।

Ncell
Extreme Energy

“रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पु¥याउँछ । नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्”, प्रमुख अर्यालले भने, “नयाँ प्रजाति पानामा (टिआर–४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ ।”

रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने भनदै पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने प्रमुख अर्यालले बताए। “यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्” ।

पानामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताए । उनका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ । यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताए । सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उनको भनाइ छ।

भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताए । “हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ”, उनले भने, “टिआर–४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।”

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताए। “यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ”, उनले भने, “भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।”

भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेको छ । यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आउने गरेको छ । आव २०७९÷८० मा भैरहवा भन्सार हुँदै रू एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार छ सय ३८ मेट्रिक टन केरा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए । उनका अनुसार चालु आवको भदौ महिनाभित्र रू १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको चार हजार छ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।

रुपन्देही र नवलपरासी (पश्चिम)मा केरा खेती ठूलो मात्रामा गरिएकाले पनि रोग भित्रिन नदिन सिमामा कडाइ गरिएको जोशीले बताए । नवलपरासी (पश्चिम) मा केरा खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केरा जोन निर्धारण गरेको छ । परियोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख नारायण काफ्लेका अनुसार नवलपरासीमा मात्र एक हजार एक सय ५० हेक्टरमा केरा खेती गरिएको छ । 

रुपन्देहीमा दुई सय ८० हेक्टरमा केरा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जानकारी दिए । “अहिले खेती गरिएका सबै जि–नाइन प्रजातीका केरा हुन्, यिनीहरु टिआर–४ सँग लड्न सक्दैनन्”, उनले भने, “लुम्बिनी प्रदेश पानामा सङ्क्रमणको अत्याधिक जोखिममा देखिएकाले सतर्कता अपनाउन आवश्यक छ ।”

केरा जोन नवलपरासी (पश्चिम) को प्रतापपुरमा यही रोगसँग मिल्दोजुल्दो लक्षणका केराका बोट देखिएका काफ्लेले बताए । उनले उक्त रोग टिआर–४ वा अन्य भएको विषयमा अनुसन्धानका लागि राष्ट्रिय बाली रोग अनुसन्धान प्रयोगशालामा नमूना पठाइएको जानकारी दिए । प्रयोगशालाबाट नतिजा आई नसकेकाले परियोजना सतर्क अवस्थामा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।