नेभिगेशन
सबै कुरा

यस्ताे छ बुधबारसम्मकाे माैसम

काठमाडौँ । बुधबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमविद् सञ्जिव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए । “रातिको समयमा वर्षा हुने सम्भवना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”, उनले भने ।

Ncell
Extreme Energy

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । 

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

आज राति भने देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै बुधबार देशभर साधारणतया बदली रहनेछ । सो दिन दिउँसोको समयमा मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशभर साधारणतया बदली रहने र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ । साथै ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

भोटेकोशी बाढीको चौथो दिन ४४ जनाको उद्धार (तस्बिरहरू)

सेनाका अनुसार सैनिक हेलिकोप्टरबाट आज दिउँसो साढे १२ बजेसम्म बजेसम्म ४ चिनियाँ र ३ भारतीय नागरिकसहित ४४ जनाको उद्धार गरिएको हो ।
भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी बाढी : यसरी पुग्न सकिन्छ रसुवा

भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ ।
त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

त्रिशूली ३ ‘ए’ को सुरुङको मुख खोल्ने प्रयास जारी

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।