नेभिगेशन
सबै कुरा

निर्माणाधिन नयाँ संसद भवन समयमा नै सम्पन्न गर्न सहरी विकास मन्त्री प्रकाशमान सिंहकाे निर्देशन

काठमाडाैँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद भवनलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् । 

मंगलबार निर्माणाधिन संसद भवनको अवलोकन गर्दै मन्त्री सिंहले निर्माणका लागि देखिएको समस्या समाधान गर्दै समयमा नै सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले सदनको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने गरि काम सम्पन्न गर्ने लक्ष्य लिइएको उल्लेख गरे ।

प्रयाप्त संख्यामा कामदार नराखिएकाले निर्माणमा ढिलाई भएको गुनासोलाई सम्बोधन गर्दै त्यही अनुसारको जनशक्ति राखेर तीव्रताका साथ कामलाई अघि बढाउनुपर्ने उनले बताए । सिंहले अनुमगनपछि निर्माणमा देखिएका समस्यालाई आफुले समाधानका लागि पहल गर्ने जिकिर गरेका छन् । ठेकेदार कम्पनीलाई बोलाएर समयमा नै सम्पन्न गर्नका लागि देखिएका जटिलता हटाउने उनको भनाई छ । 

त्यस्तै मन्त्रालयका सचिव मणिराम गेलालले प्रयाप्त कामदार नदेखिएकाले ठेकेदार कम्पनीहरु छलफल गरेर निर्माण कार्यलाई तीव्रता दिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...