नेभिगेशन
सबै कुरा

खोला बस्तीमा पस्दा भक्तपुरका ३० घर डुबानमा

भक्तपुर । सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ ।

Dish Home
Global Ime Bank

मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । साथै टोलमा रहेको नौवटा गाडी र २० भन्दा बढी मोटरसाइलसमेत पूरै डुबेर क्षति पुगेको छ ।

स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताए । उनले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य समानहरुमा क्षति पुगेको तथा लाखौँको क्षति पुगेको बताए । 

स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौशीमा गएर बस्नु परेको बताए । यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलोपटक धेरै क्षति पुर्याएको हो । कतिपयलाई खाने र राति सुत्ने सामानको समेत अभाव भएको छ ।

स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा करिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए । पाण्डेले स्थानीयले खोलामा करिडोर बनाउन वर्षौंदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेको बताए। खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने उनले बताए । 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताए । उनले बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

अनि म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने राजनीतिक प्रतिशोध भयो  भनेर म कहाँ जाउँला श्रीमान् ?
रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

यस अघि उनलाई २०८१ चैत १७ गते ५ दिन, चैत २० गते ६ दिन, चैत २६ गते १५ दिन, २०८२ वैशाख १० गते ३ दिन, वैशाख १४ गते...
सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर समेत लगाइएको छ। जबकी संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भएपनि कांग्रेस सांसदको मुद्धा भनेपनि २ सातामै...

भर्खरै