नेभिगेशन
सबै कुरा

जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन् । पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । 

चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए । “कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ । चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्”, अध्यक्ष रोकायाले भने,“यसरी मरेका भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति भएको छ । अब पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्नेछौँ ।”

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

इजलासमा रवीन्द्रले भने, ‘ममाथि राजनीतिक प्रतिशोध भयो भनेर न्याय खोज्न कहाँ जाऊँ श्रीमान् ?’

अनि म माथि राजनीतिक प्रतिशोध भइरहँदा न्यायालयबाटै न्याय भएन भने राजनीतिक प्रतिशोध भयो  भनेर म कहाँ जाउँला श्रीमान् ?
रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

रविन्द्र मिश्रलाई आठौँ पटक म्याद थप, दुर्गा प्रसाई सहित ५ दिन थप हिरासतमै रहने

यस अघि उनलाई २०८१ चैत १७ गते ५ दिन, चैत २० गते ६ दिन, चैत २६ गते १५ दिन, २०८२ वैशाख १० गते ३ दिन, वैशाख १४ गते...
सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर समेत लगाइएको छ। जबकी संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भएपनि कांग्रेस सांसदको मुद्धा भनेपनि २ सातामै...

भर्खरै