नेभिगेशन
सबै कुरा

जलमग्न काठमाडौँ उपत्यका

काठमाडौँ । गएरातिको अविरल वर्षाले काठमाडौँ  उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बागमती तथा हनुमन्ते खोलामा आएको बाढीले काठमाडौँ, ललितपुर र भक्तपुरका नदि किनारका बस्ती डुबानमा परेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy

यस्तै सडक, पुलमा समेत क्षति पुर्‍याएको छ । अहिले ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय क्षेत्रमा बागमतीले डुबान गराएको छ । एमाले पार्टी कार्यालय, फुटबल मैदान, प्रहरी पोष्ट तथा पार्टी प्यालेसमा बाढी बसेको छ ।

बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा पनि बाढी बसेको छ । यस्तै शङ्खमूल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ । कालिमाटी तरकारी बजारमा पनि बाढी पसेको छ ।


ललितपुरको कुपण्डोल स्थित वडा कार्यालय पनि डुबानमा परेको छ भने गोदाबरी खोलामा आएको बाढी पनि बस्ती छिरेको छ । यस्तै भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले पुरानो जगाती पुल नजिकका बस्तीमा क्षेत्र पुर्याएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

केन्द्रीय निर्वाचन आयोगले आज ‘निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागी सबैका लागि’ ७ बुँदे निर्देशन जारी गरेको हो ।