नेभिगेशन
सबै कुरा

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

ललितपुर । गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका  अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

Dish Home
Global Ime Bank

“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताए ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १  कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । 

बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ । 

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘राज्यका तीनै अङ्गले प्रभावकारी काम गर्न सकेका छैनन्, संसद् ताली बजाउने थलो जस्तो मात्रै भएको छ’: सुदन किराती

‘राज्यका तीनै अङ्गले प्रभावकारी काम गर्न सकेका छैनन्, संसद् ताली बजाउने थलो जस्तो मात्रै भएको छ’: सुदन किराती

बिडम्बना हाम्रोमा तीनै अङ्गले प्रभावकारी काम गर्न सकेका छैनन् । वास्तवमा भन्नुपर्दा म  सन्तुष्ट छैन । संसद् ताली बजाउने थलो जस्तो मात्रै भएको छ । जनताले पनि सांसद...
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले...
तस्बिरमा हेर्नुहोस् बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै गरेका मुस्लिम धर्मावलम्बीहरु

तस्बिरमा हेर्नुहोस् बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै गरेका मुस्लिम धर्मावलम्बीहरु

निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् ।
अमेरिकास्थित ममत काफ्लेको हत्या भएकै सहरमा २ बालबालिकासहित ४ नेपाली मृत अवस्थामा फेला

अमेरिकास्थित ममत काफ्लेको हत्या भएकै सहरमा २ बालबालिकासहित ४ नेपाली मृत अवस्थामा फेला

घटना बिहीबार राति करिब १०:४० बजे घटेको हो। म्यानेसस पार्क प्रहरी विभागका अनुसार घरधनीले आफ्ना भाडामा बस्नेहरूको सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घरको...