नेभिगेशन
सबै कुरा

ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

ललितपुर । गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका  अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

Ncell
Extreme Energy

“डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ”, सूचना अधिकारी सुवेदीले बताए ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १  कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । 

बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ । 

यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो।
मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

मृतकको संख्या ६१६ पुग्यो, चितवनमा शव व्यवस्थापनको तयारी

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ ।
नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला...