नेभिगेशन
कर्पाोरेट

दिपलको पोखरा क्षेत्र बिक्रेतामा हिमालय मोटरक्स नियुक्त

काठमाडौँ । चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ । 

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रा.लि.को शोरुममा गई दिपल गाडि बुकिङ्ग गर्न सकिने छ । नेपाली बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल यो गाडि पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दिपलको एस ०७ र एल ०७ लगाएत अन्य मोडेलहरु उपलब्ध हुने बताईएको छ । गाडि बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साता भित्रै गाडि उपलब्ध गराईने कुरा कम्पनीले जानकारी गराएको छ । दिपलको एस ०७ इ  एसयूभी इन्टेलीजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । सिंगल चार्जमा ४१० देखी ४८५ कि.मी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

हिमालय अर्गनाईजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रा.लि.फोर्स मोटर्सका गाडिको लागि नेपालको आधिकारिक विक्रेता हो । विगत ३ दशक भन्दा बढि समय देखी यस अर्गनाईजेशन अटोमोवाइल्स ब्यवसायमा सक्रिय रहदैँ आएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...

भर्खरै