नेभिगेशन
सबै कुरा

डेडिकेटेड र ट्रंकलाइन विवाद : नेपाल सरकारले हटायो प्राधिकरणका २ सञ्चालक

काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई पदबाट हटाएको छ । मन्त्रालयले सो विवादमा सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट बर्खास्त गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारले दिएको निर्देशन नमानेको र सरकारको निर्णयविपरित लाइन काटिएका ६ उद्योगमा लाइन जोड्ने निर्णयमा असहयोग गरेको भन्दै उनीहरुलाई साउन १५ गते स्पष्टीकरण सोधेको थियो । साउन १८ गते साे स्पष्टीकरणकाे जवाफ दिएका उनीहरुकाे चित्तबुझ्दो जवाफ नपाएको भन्दै मन्त्रालयले बर्खास्त गरेकाे हाे । 

Ncell
Extreme Energy

गत साउन ७ गतेको सञ्चालक समितिको बैठकले उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेपनि उनीहरुले बक्यौता रकम नउठाएसम्म लाइन जोड्न नहुने भन्दै विरोध जनाएका थिए । उनीहरु २ जनाले नोट अफ डिसेन्ट लेखेका थिए । 

त्यसपश्चात सञ्चालक समितिको बोर्डबाट सर्वसम्मतिमा निर्णय नभए पनि लाइन जोडिएको थियो । ३ महिनाभित्र महसुल बुझाउने सर्तमा बोर्डले लाइन काटिएको उद्योगमा विद्युत जडान गरिदिएको थियो । 

प्राधिकरणले असार २५ गतेदेखि डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको भन्दै रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उद्योगमा लाइन जोड्न प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए । तर प्राधिकरणले ओलीको निर्देशन पालना गरेका थिएनन् । 

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ अनुसार उनीहरलाई पदबाट बर्खास्त गरिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।