नेभिगेशन
सबै कुरा

नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गर्दै महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

मन्त्रालयले नियुक्त गरेका देवेन्द्र कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने महेन्द्र बहादुर गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् । डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएर नयाँ सञ्चालक नियुक्त गरेको हो । 

Dish Home
Global Ime Bank

मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारले दिएको निर्देशन नमानेको र सरकारको निर्णयविपरित लाइन काटिएका ६ उद्योगमा लाइन जोड्ने निर्णयमा असहयोग गरेको भन्दै उनीहरुलाई साउन १५ गते स्पष्टीकरण सोधेको थियो । साउन १८ गते सो स्पष्टीकरणको जवाफ दिएका उनीहरुको चित्तबुझ्दो जवाफ नपाएको भन्दै मन्त्रालयले बर्खास्त गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि...
सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै लामिछानेले आफूले सेन्ट्रल कन्ट्रयाक्टलाई...
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामिछानेले यो निर्णय आफूले क्रिकेट...
वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा विलम्ब भएको भन्दै उच्च अदालतमा परेको निवेदनमाथि अदालतले परामादेश दिएको छ । बुधबार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश...