नेभिगेशन
सबै कुरा

नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गर्दै महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले नियुक्त गरेका देवेन्द्र कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने महेन्द्र बहादुर गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन् । डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएर नयाँ सञ्चालक नियुक्त गरेको हो । 

Ncell
Extreme Energy

मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारले दिएको निर्देशन नमानेको र सरकारको निर्णयविपरित लाइन काटिएका ६ उद्योगमा लाइन जोड्ने निर्णयमा असहयोग गरेको भन्दै उनीहरुलाई साउन १५ गते स्पष्टीकरण सोधेको थियो । साउन १८ गते सो स्पष्टीकरणको जवाफ दिएका उनीहरुको चित्तबुझ्दो जवाफ नपाएको भन्दै मन्त्रालयले बर्खास्त गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।