नेभिगेशन
सबै कुरा

ट्याक्टर दुर्घटना अपडेट : घाइते महिलाको उपचारका क्रममा मृत्यु

बरहथवा । बोलबम यात्री सवार ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु छ । 

आइतबार सर्लाहीको मलङ्गवा नगरपालिका–१२, स्थित नहरमा बोलबमका भक्तजन सवार ज २ त ३२७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । त्यसमध्ये गम्भीर घाइते सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, निवासी ४५ वर्षीया पतही देवीको वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

Dish Home
Global Ime Bank

दुर्घटनामा परेर गम्भीर घाइते भएकी पतही देवीलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगञ्जस्थित एनएमसी अस्पताल पुर्याइएको थियो । 

घटनामा घाइते भएका चार जना चक्रघट्ट गाउँपालिका–५ की २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षीया छोरी सुस्मिता देवी, ४० वर्षीया गीता देवी र मृतक पतही देवीकी छोरी ११ वर्षीया अंशुकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै ट्रयाक्टर चालक फरार भएका प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्किंदै गर्दा दुर्घटना भएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरामा नगरबस दुर्घटनाः २२ जना घाइते, ४ जनाको अवस्था गम्भीर

पोखरामा नगरबस दुर्घटनाः २२ जना घाइते, ४ जनाको अवस्था गम्भीर

पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा नगरबस दुर्घटना भएको भएको छ । २६ जना सवार ग १ ख ३८८६ नम्बरको बस पुम्दिकोटस्थित स्तुपाबाट पोखरा फर्किंदै गर्दा दुर्घटना भएको हो ।
रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि...
सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै लामिछानेले आफूले सेन्ट्रल कन्ट्रयाक्टलाई...
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामिछानेले यो निर्णय आफूले क्रिकेट...