नेभिगेशन
सबै कुरा

जेठ २८ यता विपदमा परी १५३ को मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो ।

Dish Home
Global Ime Bank

उनका अनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् । 

बाढीपहिराबाट काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । 

उनले भने, “आजसम्म बाढीपहिरामा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।”

बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बढी पहिरो कै कारण दुई सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिराले आजसम्म सात सय ४३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समायानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताए ।
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

उक्त दुर्घटनामा परेर काभ्रेपलाञ्चोककी ८० वर्षीया विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ संस्था वा अस्पतालमा बाहेक अरु ठाउँमा खासै पुगेको भने देखिँदैन । सन् २०१७ को...
कलङ्कीमा बन्दैछ फल्चा शैलीको बस प्रतीक्षालय (तस्विरहरु)

कलङ्कीमा बन्दैछ फल्चा शैलीको बस प्रतीक्षालय (तस्विरहरु)

काठमाडौँको कलंकी चोकमा काठको बस प्रतीक्षालय धमाधम बनाइँदै छ । फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो ।