नेभिगेशन
सबै कुरा

योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । 

सडक विभागले शनिबारदेखि ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा अवसरमा आज निर्देशन मन्तव्य राख्दै उनले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

Dish Home
Global Ime Bank

“मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भिरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ”, प्रधानमन्त्री ओलीले भने। उनले राजनीतिक  दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताए । “एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक छ । वन विभागसँग समन्वय राखेर काम गर्नूहोला”, उनले भने । 

प्रधानमन्त्रीले योजनालाई आवधिक योजनामा वितरण गरेर काम गर्न उचित भएको उल्लेख गर्दै अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउनेगरी काम काम गर्न सुझाव दिनुभयो । आफू पहिलो पटक प्रधानमन्त्री  भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको बताउँदै अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गरे । 

नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

प्रधानमन्त्रीले २०४६ सालपछि गरिएको निजीकरणले उपलब्धि दिन नसकेको बताए । उनले ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक पनि भएको बताए । 

त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ९० वटाभन्दा बढी निकायका १९ वटा प्रतिवेदन पेस भएको बताउनुहुँदै रुग्ण ठेक्काको सन्दर्भमा एक महिनाभित्र प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि...
सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

सन्दीपले यसअघि नै कन्ट्रयाक्टलाई निरन्तरता नदिनेबारे क्यानलाई गराएका थिए जानकारी

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता नदिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुमा एक स्टाटस लेख्दै लामिछानेले आफूले सेन्ट्रल कन्ट्रयाक्टलाई...
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय, भन्छन् – यो टाढिने निर्णय होइन

नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय करारलाई निरन्तरता दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै लामिछानेले यो निर्णय आफूले क्रिकेट...
वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा विलम्ब भएको भन्दै उच्च अदालतमा परेको निवेदनमाथि अदालतले परामादेश दिएको छ । बुधबार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश...