नेभिगेशन
सबै कुरा

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन सञ्चालन हुन थालेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“पहुँचमार्ग र पुुलमाथि अक्सफाल्ट कालोपत्र गर्ने काम बाँकी भए पनि मुख्य संरचना तयार भएकाले यातायात सञ्चालन गरिएको छ”, उनले भने, “पुुल सञ्चालन भएपछि बर्खामा नरसिङखोलामा जोखिम मोलेर सवारी आवतजावत गर्नुपर्ने समस्या हटाएका छाँै ।”

Ncell
Extreme Energy

नरसिङ र मार्फाखोलामा मोटरेबल पुल निर्माणका लागि विसं २०७५ भदौ ६ गते हिमदुङ–ठोकर–इमाटोल जेभीले रु २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ मा सकिनुपर्ने नरसिङ र मार्फाखोलाको पुुल निर्माण व्यवसायीले पर्याप्त मात्रामा उपकरण, मजदुुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो । 

तीनवटा स्पाम भएको पुुलको ८० प्रतिशत भौतिक प्रगति भएको पुलको बाँकी काम सक्न पछिल्लोपटक मुस्ताङको अमित विल्डर्सले जिम्मा लिएको थियो । यसअघि इमाटोल कन्ट्रक्सनले जिम्मा काम समयमा पूरा गर्न नसकेको हो । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकमा नरसिङखोलासहित पछिल्लो एक वर्षयता सातवटा गाडी चल्ने सडक पुल निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा, थासाङ गाउँपालिकाको छाक्ताङखोलामा बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पुल निर्माण भएको हो । 

 सडक विभागको पुल महाशाखाले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाएको छ । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १४ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । 

थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।