नेभिगेशन
सबै कुरा

गुँला पर्व आजदेखि शुरु (तस्विरहरु)

काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बौद्ध धर्मावलम्बीहरूले यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिनाका साथै करुणामयको नामबाट चिनिने मत्स्येन्द्रनाथको दर्शन गर्दछन् । यसरी तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास बौद्ध धर्मावलम्बीको रहेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । स्वयम्भूमा मेला भरेपछि नजिकै रहेका शोभाभगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा रहेको महासमितिका महासचिव अशोक बुद्धाचार्यले बताए । 

Ncell
Extreme Energy


महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा हुने घुइँचो व्यवस्थापन, सरसफाइ, रङ्गरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरी आजदेखि मेला सुरु गरिएको महासचिव बुद्धाचार्यले जानकारी दिए । आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि जीर्णोद्धार सम्पन्न गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएको महासमितिका महासचिव बुद्धाचार्यले जानकारी दिए । 


चैत्यको जीर्णोद्धार सम्पन्न गरिएकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे । थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट एक महिनाको अवधिमा करिब पाँच लाख आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षाका साथै सडकमा ट्राफिक व्यवस्थापन गर्ने महासचिव बुद्धाचार्यको भनाइ छ । “संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ”, उनले भने ।  विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा तान्त्रिक देवीदेवताको पनि विश्रामस्थल रहेको जनविश्वास छ । यहाँ सबै सम्प्रदायका बौद्ध अनुयायी तथा हिन्दू धर्मावलम्बीले आस्था प्रकट गर्दछन् । यस 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।