नेभिगेशन
पैसाका कुरा

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका हुन् । 

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ । यसैगरी, जापान गएपश्चात् विद्यार्थीहरुले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन् । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । 

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना आधा करोड भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजनाकाे लाभ ग्राहकहरूले कार्तिक २७ सम्म उठाउन सक्ने

सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...

भर्खरै