नेभिगेशन
पैसाका कुरा

हुन्डाई नेपालद्वारा नयाँ क्रेटा सार्वजनिक, के छन् विशेषता ?

काठमाडाैँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय: हरेक उमेरका ग्राहकका लागि सुहाउने दाबी कम्पनीको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस गाडीमा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेकव कम्पनीले बताएको छ । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै, यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् ।

Ncell
Extreme Energy

त्यसैगरी, पछाडिको भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रि–डिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत: नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेको भन्दा निकै आकर्षक छ ।

यस गाडीमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन् । ८ स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता विशेषताहरू समावेश छन्, जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास छ ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान रहेका छन् । यसमा रहेका छवटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यु मोनिटर (एसभीएम ), ब्लाइन्ड-स्पट भ्यु मोनिटर (बीभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन)ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ ।

एडास फिचरअन्तर्गत लेन किप एन्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यु मोनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता महत्त्वपूर्ण फिचर उपलब्ध छन् । १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ ।

गियर ट्रान्समिसनका विकल्पहरूमा एमटी, एटी र आईभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रूपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ । त्यस कारण नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरैभन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

नयाँ हुन्डाई क्रेटा E, EPL, S(O), SX, S(O) CVT, SX Tech, SX Tech CVT र SX(O) CVT भेरियन्टहरू तथा ६ भिन्न रङहरूमा उपलब्ध छ । यस गाडीको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...