नेभिगेशन
सबै कुरा

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

सिरहा । पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् । 

स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए । उनले भने, “वर्षा सुरु भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ । थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ । लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ ।” पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ । 

Dish Home
Global Ime Bank

पानी निकासबारे पटकपटक सम्बन्धित निकायमा पहल गरिए पनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताए। “वरिपरी अन्य संरचना बनेपछि अस्पताल क्षेत्र होचो हुँदा सामान्य वर्षामै पोखरीमा परिणत हुन्छ । यसले अस्पतालमा बिरामीको सेवा प्रभावित हुँदै आएको छ,” सिंहले भने, “पानीको निकासका लागि सम्बन्धित निकायमा पटक–पटक अनुरोध गर्दै आएका छौँ । नगरपालिकाबाट केही ट्याक्टर माटो हाल्ने काम गरिए पनि पानी निकासको काम अगाडि नबढ्दा समस्यामा छौँ ।” साथै उनले अस्पताल जस्तो संवेदलशील क्षेत्रमा पानी जम्ने समस्या हुँदा पानीजन्य सङ्क्रामक रोग फैलिने सम्भावना उत्तिकै रहेको बताए । 

अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष्य किशोरीप्रसाद चौधरीले जानकारी दिए । आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक–पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ । “नगरसामु अनुरोध ग¥यो, वडाले बनाउनु भन्नुहुन्छ । हाम्रो स्रोत र साधनले भ्याउँदैन”, उनले भने । 

नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।