नेभिगेशन
सबै कुरा

बादलभित्र प्रवेश गर्नु र फर्कने क्रममा लेफ्ट टर्न गर्नु हेलिकप्टर दुर्घटनाको कारण हुनसक्छ : क्यान

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको कारण हेलिकप्टर बादलभित्र प्रवेश गर्नु र फर्कने क्रममा लेफ्ट टर्न गर्नु हेलिकप्टर दुर्घटनाको कारण हुनसक्ने बताएका छन् । 

महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाइनेस्टीको दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै उक्त हेलिकप्टर प्रतिकुल मौसममा चालक दलको कमजोरीका कारण भएको हुनसक्ने बताए । ‘आज हामी माननीय मन्त्रीज्यु, सचिवज्यु लगायत गएर दुर्घटनास्थल हेर्यौँ । दुर्घटनाको कारण छानबिन आयोगले नै बताउला तर त्यहाँ गएर रुट कज सरसर्ती हेर्दा ब्याड वेदरमा हेलिकप्टर प्रवेश गरेको हो । बादलभित्र प्रवेश गरेको कारण र चालकले हेलिकप्टर फर्कने क्रममा लेफ्ट टर्न गर्दा ठोक्किएको देखिन्छ ।’, महानिर्देशक अधिकारीले भने । 

Dish Home
Global Ime Bank

त्यस्तै उनले पाइलटले सिभिल एभिएशनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु र आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित भएको र सो विषय कानुनविपरित समेतर रहेको बताएका छन् । 

बुधबार भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।