नेभिगेशन
सबै कुरा

बादलभित्र प्रवेश गर्नु र फर्कने क्रममा लेफ्ट टर्न गर्नु हेलिकप्टर दुर्घटनाको कारण हुनसक्छ : क्यान

काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको कारण हेलिकप्टर बादलभित्र प्रवेश गर्नु र फर्कने क्रममा लेफ्ट टर्न गर्नु हेलिकप्टर दुर्घटनाको कारण हुनसक्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाइनेस्टीको दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै उक्त हेलिकप्टर प्रतिकुल मौसममा चालक दलको कमजोरीका कारण भएको हुनसक्ने बताए । ‘आज हामी माननीय मन्त्रीज्यु, सचिवज्यु लगायत गएर दुर्घटनास्थल हेर्यौँ । दुर्घटनाको कारण छानबिन आयोगले नै बताउला तर त्यहाँ गएर रुट कज सरसर्ती हेर्दा ब्याड वेदरमा हेलिकप्टर प्रवेश गरेको हो । बादलभित्र प्रवेश गरेको कारण र चालकले हेलिकप्टर फर्कने क्रममा लेफ्ट टर्न गर्दा ठोक्किएको देखिन्छ ।’, महानिर्देशक अधिकारीले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले पाइलटले सिभिल एभिएशनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु र आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित भएको र सो विषय कानुनविपरित समेतर रहेको बताएका छन् । 

बुधबार भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।